काठमाडौं उपत्यकामा आज १५३५ जना कोरोना भाइरसका संक्रमिण पुष्टि

९ कात्तिक, काठमाण्डौ । काठमाडौं उपत्यकामा आज १५३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२२५, भक्तपुरमा १६३ र ललितपुरमा १४७ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा नयाँ पुष्टि भएका १५३५ संक्रमितमध्ये ९०६ जना पुरुष र ६२९ जना महिला रहेका छन् ।

काठमाडौं जिल्लामा हालसम्म ५६ हजार ३०२ जना संक्रमित भइसकेका छन् । तीमध्ये ३६ हजार २८३ जना निको भएका छन् भने १९३ जनाको मृत्यु भएको छ । हाल १९ हजार ८२६ सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा होम आइसोलेसनमा १० हजार ५०१ जना रहेका छन् ।

ललितपुर जिल्लामा हालसम्म ७८८३ जना संक्रमित भएका छन् । तीमध्ये ५३९९ जना निको भएका छन् भने ५४ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या २४३० रहेको छ । ललितपुरमा २६४३ जना होम आइसोलेसनमा छन् ।

भक्तपुर जिल्लामा हालसम्म ५३१३ जना संक्रमित भएका छन् । तीमध्ये ३७६३ जना निको भएका छन् भने ५६ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या १४९४ रहेको छ । भक्तपुरमा १७१९ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले बताएको छ ।