कोरोना भाइरसका कारण धरानमा एक महिलाको मृत्यु

७ कार्तिक, काठमाडौ । कोरोना भाइरसका कारण मर्नेहरुको क्रममा आज दिउसो सुनसरीको धरानमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका–११ कि ५२ वर्षकी महिलाको आज शुक्रबार अपरान्ह ५ बजेर ५ मिनेट जांदा मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।

कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलामा हाइपरटेन्सन र मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ ।