विप्लप निकट नेकपा कालिकोटद्धारा फुकोटका बाढीपिडितलाई राहत वितरण

७ कार्तिक, कालिकोट । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) कालिकोटले आज कालिकोटको राष्कोट फुकोटका बाढीपिडितहरुलाई राहत बितरण गरेको छ ।

जिल्ला सेक्रेटरी रणदीपले कदर न्यूजलाई दिएको जानकारी अनुसार नेकपा कालिकोटले आज राष्कोट शान्नीघाटमा पिडितहरुलाई जम्मा गरेर जिल्ला ईन्चाज बिराट र जिल्ला सेक्रेटरी रणदिप, गाबिस ईन्चार्ज वसन्तले बाढीपिडितलाई राहत बितरण गरेको सेक्रेटरी रणदिपले जानकारी दिनु भएको छ ।

राहत बितरणको कामलाई जिल्लाका सबै एरियासम्म पुर्याउने जिल्ला ईन्चाज बिराटले बताएको उहांले जानकारी दिनुभएको छ । यसैबीच बाढीपिडितहरुले विप्लव नेतृत्वको नेकपाले दिएको राहतले वास्तविक र नक्कली बाढीपिडितहरुको पहिचान गराईदिएकोमा धेरै खुसी भएको बताएका छन् ।

सही पहिचान गर्दा नक्कली बाढीपिडितहरु लाजिएको यस्तो चुनौतीपुर्ण अबस्थामा राहत बितरण गरेकोमा धन्यवाद दिदै पिडित परिवारले पार्टीको प्रगतिको समेत कामना गरेको गाउं कमिटी सेक्रेटरी वसन्तले बताए । राहत वितरणमा प्रति परिवार १ प्याक मसिना चामल बितरण गरिएको बताउनु भयो ।