राष्ट्रपतिले यो वर्ष दशैंमा सर्वसाधरणलाई टिका नलगाउने र शक्तिपीठहरुमा समेत नजाने

७ कार्तिक, काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको दसैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित गर्नु भएको छ ।

राष्ट्रपति कार्यालयले शुक्रबार सूचना जारी गरी कोरोना महामारीका कारण राष्ट्रपतिले टीका लगाइदिने कार्यक्रम नहुने जानकारी गराएको छ ।

त्यस्तै यस वर्ष दसैंको महाअष्टमी र कोजाग्रत पूर्णिमाको दिन राष्ट्रपति भण्डारी शक्तिपीठको दर्शनका लागि नजाने राष्ट्रपति समेत बताइएको
छ ।