राष्ट्रपति बिद्यादेवी भण्डारीद्धारा रानीपोखरी र दरबार हाईस्कुलको उद्धघाटन

५ कात्तिक, काठमाडौं । २०७२ सालको भूकम्पका कारण भक्नावस भएको रानी पोखरी र दरबार हाई स्कुलको भूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरी आज एक समारोहबीच राष्ट्रपति बिद्यादेवी भण्डारीले उद्धघाटन गरेकी छिन् ।

२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणको २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले शिलान्यास गरेकी थिइन् । अहिले रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्दिर पुरानै स्वरुपमा तयार भएका छन् ।

रानीपोखरी उद्घघाटन गर्दै राष्ट्रपति भण्डारीले अब अन्य सम्पदा पनि छिट्टै पुनर्निर्माण सकिने आशा व्यक्त गरिन् ।

यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट शिखर शैलीमा पुननिर्माण गरिएको छ । रानीपोखरीलाई आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलिबाट निर्माण गरिएको हो ।