मित्र मोहन लोहनी जी हाद्र्धिक श्राद्धाञ्जली

धादिङ कार्तिक ५ । धादिङ जिल्ला क्षेत्र नम्बर २ संघीय सांसद खेम प्रसाद लोहनीका भाई मोहन लोहनीको अल्पायुमै निधन भएको छ । धादिङ जिल्ला ज्वालामुखि गाउंपालिका ७ चैनपुर घर भएका मोहन लोहनीको उपचारकै क्रममा आज बिहान मृत्यु भएको खबर प्राप्त भएको हो ।

राजधानीको सिनामंगलमा रहेको काठमाण्डु मेडिकल कलेज (केएमसी) मा मोहन लोहनीको उपचाररत निधन भएको हो । एक असल र कर्मठ यौदा लोहनी विगत केही वर्षदेखि पत्रकारिता क्षेत्रमा काम समेत गरिरहनु भएको थियो । साथै लोहनी लामो समयदेखि युवा राजनीति क्षेत्रमा सक्रिय थिए । पूर्व माओवादी केन्द्र निकट वाइसिएल नेपालको केन्द्रीय सदस्य र हाल नेकपा को युवा संगठनका युवा जुझारु यौद्धा समेत रहनु भएको थियो । राजनीतिका साथै पत्रकारिता क्षेत्रमा अनोबरत खटिरहेका लोहनीको आल्पायुमै आज निधन भएको छ ।
उहांका निकट आफन्तका अनुसार लोहनीलाई निमोनिया रहेको र अचानक ज्वरो आएपछि अस्पताल भर्ना लगिएको र उपचारकै क्रममा कोरोना पोजेटिभ देखिएकै अवस्थामा उपचाररत अचानक निधन भएको बुझिएको छ ।