आज मुलुकभरमा ३०९३ जना कोरोना भाइरसका संक्रमित थपिए

४ कात्तिक, काठमाडौं । आज मंगलबार मुलुकभर थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यो सहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ ।

त्यस्तै यस अवधिमा २ हजार १०८ जना कोरोनाबाट मुक्त भएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ रहेको मन्त्रालयले जनाएको छ ।

थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ । यो सहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ हजार ८ सय बढीको पिसिआर परीक्षण गरिएको मन्त्रालयले बताएको छ ।