नेकपा उपाध्यक्ष बामदेव गौतमका सुरक्षाकर्मी र चालकलाई कोरोना देखिएपछि भेटघाट बन्द

१ कात्तिक, काठमाडौं । नेकपाका उपाध्यक्ष तथा सचिवालय सदस्य बामदेव गौतमका सवारी चालक र सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

नेता गौतमको सचिवालयले शनिबार सवारी चालक र सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

तर उपाध्यक्ष गौतमसहित परिवार र सचिवालयको सदस्यमा कुनै समस्या नरहेको विश्वमणि सुवेदीले सामाजिक सञ्चालमार्फत जनाकारी दिए ।
योसँगै उपाध्यक्ष गौतमले सम्पूर्ण भेटघाट बन्द रहेको सुवेदीको भनाइ छ ।