मेयर उद्घाटन गर्ने, उपमेयर सिलालेखमा ढुङ्गा हान्ने

१ कात्तिक, धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाको ७ वडा कार्यालयको भवन उद्घाटन गर्ने क्रममा बिचित्र नै देखिएको छ । मेयरले सो भवनको उद्घाटन गरिरहेका छन् भने उपमेयरले उद्घटन गर्ने क्रममा लेखिएको सिलालेखमा ढुङ्गा हान्दै गरेको देखिन्छ । यसले के स्पष्ट देअिन्छ भने मेयर ममताप्रसाद चौधरी र उपमेयर प्रेमकुमारी थापाको विवाद छताछुल्ल गरी पोखिएको छ । मेयर चौधरीले वडा नम्बर ७ को भवन उदघाटन गरिरहँदा उपमयेर थापा भने शिलालेखमा ढुंगा हान्न
पुगिन् ।

७ वडा कार्यालयको भवन उद्घाटनको शिलालेखमा मेयर र वडा पदाधिकारीको मात्र नाम लेखेर तर सो आफ्नो नाम छुटाएको भन्दै उपमेयरले शिलालेखमा ढुंगा हान्दै मेयरविरुद्ध नै उनी आक्रमण भएर नाराबाजी गरेकी छन् ।

ढुङ्गा हान्ने क्रममा मेयरले रोक्न खोजे तर, विवाद झन चर्कियो । उपमेयरले उपमेयरलाई अपमान गर्ने मुदार्बाद’ ‘घोडाघोडी मेयर मुर्दावाद’ ‘महिला भनेर अपमान गर्ने मुर्दावाद’ उनले नारा लगाइन् ।

शिलालेख परिवर्तन गरेर आफ्नो नाम समावेश नगर्दासम्म वडा कार्यालय उद्घाटन गर्न नदिने भनिन् । तर वडाध्यक्ष धनबहादुर बमले यो वडाको कार्यालय भएकाले तपाई मेयर र उपमेयर दुबैलाई यहाँ बाट जान आग्रह गर्दै भने, ‘वडाध्यक्षले उद्घाटन गर्छ, वडा सदस्यहरु सहभागी हुन्छन् ।

तर उपमेयर टसकोमस भइनन् र, पछि सबै भवनमा उपमेयरको पनि राख्ने सहमति भएपछि कार्यक्रम सुरु गरिएको थियो ।