शिक्षा मन्त्री गिरीराजमणि पोखरेललाई कोरोना संक्रमण

२५ असोज, काठमाण्डौ । काठमाण्डौमा कोरोना संक्रमित बढ्ने क्रममा आज संघीय सरकारका शिक्षामन्त्री गिरीराजमणि पोखरेलमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्री पोखरेललाई शनिबार ज्वरो आउँदा अस्पतालमा भर्ना भएका थिए भने त्यहाँ स्वाब टेस्ट गराउँदा पोजेटिभ देखिएको हो । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

शनिबारमात्रै संघीय सरकारका पर्यटन मन्त्री योगेश भट्टराईमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।