मन्त्रीपरिषद्का निर्णय यस प्रकार छन्

२५ असोज, काठमाण्डौ । गएको असोज २२ गते बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा परराष्ट मन्त्री प्रदिप ज्ञाववलीले सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समितिको अध्यक्ष पदमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद पुडासैनीलाई तोक्ने निर्णय गरेको बताएका छन् ।

त्यस्तै बैठकले सशस्त्र प्रहरी बल,नेपालको विद्यमान जनशक्तिबाट राजश्व अनुसन्धान विभागमा सशस्त्र प्रहरी नायव उपरीक्षकको नेतृत्वमा ५० जना र उक्त विभाग मातहतका चारवटा कार्यालयहरुमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको नफ्री खटाउन स्वीकृत दिने निर्णय गरेको छ । बैठकले यी सहित अन्य १५ निर्णय गरेको छ ।