दुई वर्ष अघि उत्पादन गरेको चामल अहिलेसम्म पनि विक्री

२५ असोज, काठमाण्डौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दुई वर्षअघि उत्पादन भएको जापानी चामल अहिलेसम्म बिक्री गरिरहेको फेला परेको छ ।

काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिले आइतबार कम्पनीको गोदाम अनुगमन गर्दा सन् २०१८ मा उत्पादित जापानी चामल भेटिएको हो ।

उपभोग्य अवधिसमेत नतोकिएको उक्त चामल कम्पनीले अहिलेसम्म बिक्री गरिरहेको समितिले जनाएको छ ।

कुन चामल कहिलेसम्म उपभोग गर्न मिल्छ भन्ने त्यसको प्याकेजिङमा भर पर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले बताएका छन् ।

कति लेयरको प्याकेजिङ गरिएको छ भन्नेले उपभोग्य अवधि तय गर्छ । राम्रोसँग प्याकेजिङ गरिएको छ भने एक वर्षसम्म उपभोग गर्न मिल्छ । नभए तीनदेखि छ महिनाको हुन्छ ।