कर्णालीका मुख्यमन्त्री बिरुद्ध अविश्वास प्रस्ताव, नामावली सहित

२५ असोज, सुर्खेत । पटकपटक मख्यमन्त्रीबाट हटाउने प्रचपञ्च चालिएका कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दलका १८ जना सांसदले अविश्वासको प्रस्ताव बुझाएका छन् । प्रदेश सांसद यामलाल कँडेलको अगुवाइमा भएको हस्ताक्षर प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाइएको थियो ।

प्रमुख सचेतक शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आफूले बुझेको र छलफलपछि के गर्ने भन्नेबारे निर्णय लिइने बताएका छन् । मुख्यमन्त्री शाहीबिरुद्ध हस्ताक्षर गर्ने प्रदेश सांसदहरुमा पूर्वएमालेका १५ र पूर्वमाओवादीका ३ जना सांसद छन् । कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद निर्वाचित भएका थिए ।