अब यादै अप्ठ्यारो परिस्थिति आएजस्तो छ

२४ असोज, काठमाडौं । आज शनिबार मुलुकभरमा ५००८ जना कोरोना भाइरसका संक्रमित थपिए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनदिनै कोरोना संक्रमित संख्या बढेको भन्दै अप्ठ्यारो परिस्थिति आएको बताएको छ ।

डिस्चार्ज हुने दरभन्दा संक्रमित हुने बिरामी संख्या बढेको भन्दै यसले अप्ठ्यारो परिस्थिति निम्त्याउने मन्त्रालयले जनाएको हो ।

‘संक्रमितहरूको संख्या धेरै बढेको छ । अस्पतालहरू, आइसोलेसन सेन्टरहरू झण्डै भरिएका छन् । खचाखच बिरामी बढेका छन्’, आज शनिबार नियमित प्रेस ब्रिफिङमा डा जागेश्वर गौतमले भने,‘यसले हामीलाई धेरै अप्ठ्यारो परिस्थितिमा पु¥याउँदै छ भन्ने आकलन गर्न सकिन्छ ।

त्यसैले सबै स्वास्थ्य मापदण्ड पालना गर्दै सुरक्षित रहन मन्त्रालयले आग्रह गरेको छ ।