काठमाण्डौ उपत्यकामा २६७२ जना कोभिड–१९ संक्रमित थपिए

२४ असोज, काठमाडौं । काठमाडौं उपत्यकाका आज २ हजार ६७२ जनामा कोरोना भाइरसका बिरामी पसष्टि भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २१०० संक्रमित थपिएका छन् । ललितपुरका ३६९ र भक्तपुरका २०३ जनामा संक्रमण देखिएको छ ।

यस्तै आजै कोरोना भाइरसका कारण थप ६ जनाको मृत्यु भएको छ । काठमाडौंका ६८ वर्षीया महिला, ४८ र ९० वर्षीय पुरुष, ललितपुरका ४३ रु ४९ वर्षीय पुरुष र भक्तपुरका ६८ वर्षीय पुरुषको मृत्यु भएको छ ।