बांके अनेरास्ववीयुमा समान्तर जिल्ला कमिटी गठनको तयारीमा

२३ असोज, नेपालगंज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ संगठनको एकीकरण प्रक्रिया सक्ने निर्णय अन्तर्गत बांके जिल्ला कमिटीमा अनेरास्ववियुको एकता प्रक्रियामा विवाद उत्पन्न भएको छ । अनेरास्ववियु बांकेको एकतामा संयोजक र सह संयोजकले बिधि, प्रकृया, बिधान एकताको सर्कुलर र संगठनका स्थापित मूल्य मान्यता भन्दा बाहिर गएर मनोमानि गरेको कुरा अनेरास्ववियुका केन्द्रिय सदस्यहरु राजेन्द्र बिष्ट , मोहित शाह, सुर्य रोकायाद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

संगठनको एकता भन्नाले साबिकको अनेरास्ववियु जिल्ला कमिटी र साबिक को अखिल क्रान्तिकारी जिल्ला कमिटी को एकता हुनु पर्ने हो तर संयोजक र सह संयोजकले संगठनको विधि बिधान र सर्कुलर भन्दा बाहिर गएर भट्टी भित्र बसी नसाको तालमा नीजि कम्पनीले कर्मचारी भर्ती गरेको सैलीमा संगठनको कुनै पनि कमिटीमा नबसेकाहरुको नाम कथित एकताका रुपमा प्रकासित गरेको आरोप विद्यार्थी नेता मर्मजङ्ग बमले बताएका छन् ।

विद्यार्थी नेता मर्मजङ्ग बमका अनुसार, असन्तुष्ट पक्षले आफ्नो असहमति पत्र जिल्ला पार्टी र संगठनको केन्द्रिय कार्यालयमा दर्ज गरिसकेका छन् । छलफलका लागि १, २ दिन पर्खिने र त्यस अवधिमा पार्टी र संगठन निकायबाट समस्याको हल नभएमा बाध्य भएर साबिकको अनेरास्ववियु जिल्ला कमिटी र साबिकको अखिल क्रान्तिकारी जिल्ला कमिटी एकताको घोषण गर्ने असन्तुष्ट पक्ष बाध्य हुने कुरा असन्तुष्ट पक्षका विद्यार्थी नेताहरूले कदर न्यूललाई बताएकाछन् ।

हामीलाई प्राप्त गोप्य जानकारी अनुसार, सामानान्तर कमिटिका लागि अनेरास्ववियुका असन्तुष्ट पक्षका नेताहरू तयारी अबस्थामा रहेको बुझिएको छ ।