लुम्बिनी प्रदेश सभाका सभामुख कोरोना संक्रमण

२३ असोज, बुटवल । हालै मात्र प्रदेशको नाम र राजधानी तोकेका लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती मगरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा सभामुख घर्तीमा संक्रमण पुष्टि भएको उनका प्रेस संयोजक गणेश ओलीले बताएका छन् ।

ज्वरो आएपछि सभामुख घर्तीले बिहीबार पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा शुक्रबार उनको रिपोर्ट पोजेटिभ आएको हो ।

सभामुख घर्ती बुटवल रामनगरस्थित सरकारी निवासमै आइसोलेसनमा बसेका छन् । सभामुख घर्तीले आफ्नो सम्पर्कमा आएका सबैलाई आइसोलेसनमा बस्न र परीक्षण गरी सुरक्षित हुन आग्रह गरिएको छ ।