कोरोना संक्रमित संख्या एक लाख नाघ्यो

२३ असोज, काठमाण्डौ । नेपालमा दिनप्रतिदिन बढ्दै गएको कोरोना संक्रमण बढेर संख्या १ लाख नाघेको छ ।

आजै २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । आज थपिएको यो संख्यासहित संक्रमित हुनेको संख्या १ लाख ६७६ पुगेको हो ।

त्यस्तै मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । आजै १० जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको हो ।

त्यस्तै कोरोनाबाट निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ६८० जना कोरोनाबाट मुक्त भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमित २७ हजार ५३ रहेका छन् । पछिल्लो २४ घण्टामा थप १३ हजार २७९ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म ११ लाख ४५ हजार जनाको पिसिआर परीक्षण भएको छ ।