बिश्व खाद्य कार्यक्रमलाई नोबोल शान्ति पुस्कार

२३ असोज, काठमाण्डौ । सन् २०२० को नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) लाई प्रदान गरिएको छ । शुक्रबार द नर्वेजियन नोबेल कमिटीले डब्ल्यूएफपीलाई यो पुरस्कार दिने घोषणा गरेको हो । डब्ल्यूएफपीलाई यो पुरस्कार भोकमरीविरुद्धको प्रयास, युद्धग्रस्त क्षेत्रको अवस्थामा सुधारको लागि पु¥याएको योगदान र भोकमरीलाई द्वन्द्व तथा युद्धको हतियार बन्नबाट रोक्न गरेको कामको कदर गर्दै डब्ल्यूएफपीलाई यो पुरस्कार दिने निर्णय गरिएको हो ।

नोबेल शान्ति पुरस्कार यसअघि २४ संस्थाहरुलाई प्रदान गरिइसकेको छ । यससँगै यस वर्षका लागि अहिलेसम्म पाँच विधामा नोबेल पुरस्कारको घोषणा भइसकेको छ । आगामी सोमबार आर्थिक विज्ञानतर्फको नोबेल पुरस्कारको घोषणा हुनेछ ।