मुलुकभरमा आज २१२० जना कोरोना संक्रमण पुष्टि

१६ असोज, काठमाण्डौ । मुलुकभरमा २१२० थप जनामा कोरोना भाइरसका संक्रमण थपिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा ७६६ महिला र १३५४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको
छ । उनीहरुमध्ये ५२८ जनाको मृत्यु भएको छ भने ६२ हजार ७४० जना संक्रमणमुक्त भएका छन् । २०४४ जना पछिल्लो २४ घण्टामा मात्र कोरोना संक्रमणमुक्त भएका हुन् ।

देशभर २१ हजार ३०२ संक्रिय संक्रमित छन् । ११ हजार ५२९ जना होम र ९ हजार ७७३ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २१७ जनाको आईसीयू र ३१ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार शनिबार थपिएका संक्रमितमध्ये ११७७ जना उपत्यकाका छन् । काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सुनसरीका १२२ जना, मोरङका १११, रुपन्देहीका ९८, कैलालीका ९३, रौतहटका ८२, चितवनका ७५, सुर्खेतका ४३, बाराका २५, कास्कीका २२, सप्तरी र बाँकेका १९–१९ जना, पर्साका १८, काभ्रेका १४, धनुषाका १३, मकवानपुरका १२ तथा तनहुँ र बर्दियाका १०–१० जनामा संक्रमण पुष्टि भएको छ ।

झापा र दैलेखका ९–९ जना, सिराहा, धादिङ, नुवाकोट र नवलपुरका ८–८ जना, उदयपुर र पाल्पाका ७–७ जना, रामेछाप, गोरखा, कपिलवस्तु, नवलपरासी र प्युठानका ६–६ जना, खोटाङ, महोत्तरी, सर्लाही र कञ्चनपुरका ५–५ जना, ओखलढुंगा र दोलखाका ४–४ जना, संखुवासभा र लमजुङका ३–३ जना, स्याङ्जा, अर्घाखाँची, गुल्मी र डडेलधुराका २–२ जना तथा पर्वत, म्याग्दी, बाग्लुङ,रोल्पा, कालीकोछ, दाचुला, बझाङ र बाजुराका १–१ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको
छ ।