मन्त्रालयद्धारा काठमाण्डौ नआउन आग्रह

१६ असोज, काठमाण्डौ । पछिल्लो समयमा काठमाण्डौ उपत्यकामा कोरोना भाइरसका संक्रमण बढ्ने क्रम अझै बृद्धि हुन थाले पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण उच्च रहेको भन्दै काठमाडौं उपत्यकामा नआउन आग्रह गरेको छ ।

शनिबार २१२० जनामा कोरोना संक्रमण पुष्टि हुँदा उपत्यकाका ११७७ जना उपत्यकाका थपिएका छन् ।

उपत्यकामा संक्रमण बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । अहिले सकभर काठमाडौं उपत्यकामा नआउन हुन र आउनै पर्ने अवस्था भए जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्र आउनुस् भने भनिएको छ ।