सेल्टा लाई ३–० गोलको अन्तरले हराउँदै बार्सा शिर्ष स्थानमा

१६ असोज, काठमाण्डौ । स्पेनिस ला लिगामा बार्सिलोनाले हिजो बिहीबार राति भएको खेलमा सेल्टा भिगोमाथि ३–० को जित हात निकालेको छ ।

बार्सिलोनाका लागि अन्सु फातीले ११ औं मिनेटमा पहिलो गोल गरेका थिए । अन्सुले काउटिन्होको पासमा गोल गर्न सफल भएका थिए ।

तर खेलको ४२ मिनेटमा बार्सिलोना लेङलेटले दोस्रो पहेँलो कार्ड पाउँदै मैदानबाट आउट भएपछि बार्सा १० खेलाडीमा भएको थियो ।

दोस्रो गोलको रुपमा ५१ मिनेटमा बार्सिलोनाले उपहार गोलमार्फत अग्रता बढाएको थियो ।

दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा रोबर्टोले बार्सिलोनाका लागि तेस्रो गोल गर्दै बार्सा ला लिगाको जारी तीन खेलमा जित हासिल गर्दै शिर्ष स्थानमा रहेको छ ।