ललितपुर महानगर मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण

९ असोज, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हिजो बिहीबार दिउँसो १०२ फरेनहाइट ज्वरो आएको थियो । सिटामोल खाँदा पनि कम नभएपछि शुक्रबार विहानै स्वाब दिएका थिए । केहीबेर अगाडि पोजेटिभ रिपोर्ट आयो । म होम आइसोलेसनमा बसेको छु ।

अहिले पनि घाँटी, टाउको र शरीर दुखिरहेको उनले सुनाए ।

महर्जनका अनुसार उनकी पत्नीको रिपोर्ट भने नेगेटिभ आएको छ ।

मेयर महर्जनले आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा रहन र परीक्षण गराउन पनि आग्रह गरेका छन् ।