देशभरका कयौं ठाउँमा बर्षा भइरहेको यो क्रम शनिबारसम्म जारी रहने

८ असोज, काठमाडौं । दुई दिनदेखि लगातार देशभर वर्षा परिरहेको छ । यसले कयौं ठाउँमा पहिरोले बिनास त पक्कै गरेहेको होला । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार सो क्रम शनिबारसम्मै कायम रहने शनिबारबाट भने मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदको भनाइ रहेको छ ।

मौसमविदका अनुसार ‘आज र भोलि देशभरि नै वर्षा हुन्छ । एकछिन रोकिने र फेरि पानी पर्ने क्रम चलिरहन्छ । केही स्थानमा अति भारी वर्षाको सम्भावना पनि छ ।’

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नं. १, प्रदेश नं. २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५ र कर्णाली प्रदेशका १–२ स्थानहरुमा अति भारी वर्षा भैरहेको छ ।

काठमाडौंमा ६०.५ मिलमिटर वर्षा रेकर्ड भएको मौसमविद हरुले जानकारी गराएका छन् । अन्य स्थानको अध्यावधिक विवरण भने आउन बाँकी रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुनको बहिर्गमनको औसत मिति सेप्टेम्बर २३ रहे पनि यस वर्षको मनसुन अहिलेसम्म सक्रिय रहेको छ । त्यसैले नेपालबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने मौसम विज्ञान विभागले जनाएको छ ।