वामदेवको रिट न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा

७ असोज, काठमाडौं । केही दिन अघि नेकपा उपाध्यक्ष एवं सचिवालय सदस्य बामदेव गौतमलाई मन्त्रीपरिषद्ले निर्णय गरी राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको उपर सो सदस्य पद बदर बिरुद्ध सर्वोच्चमा परेको रिट उपर आज सर्वोच्च अदालतले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा गरिएको नियुक्ति बदर गर्न माग गरिएको रिटमा सुनुवाइ सुरू गरेको छ ।

यो रिट न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको सर्वोच्चको वेबसाइटमा उल्लेख छ ।

गौतमको नियुक्ति संविधान विपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सर्वोच्चमा रिट दिएका थिए ।

प्रतिनिधि सभामा हारेकाहरूलाई राष्ट्रियसभामा लैजाने प्रवृत्ति बढेको भन्दै उनको नियुक्ति बदर गर्न रिटमा माग गरिएको छ ।