त्रिविबाट नेविसंघका तीन जना कार्यकर्ता गिरफ्तार

६ असोज, काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्व विद्यालयमा पदाधिकारीलाई प्रवेशमा रोक लगाएर आन्दोलन गर्दै आएका नेविसंघ तीन जना नेता कार्यर्तालाई गिरफ्तार गरेको छ । पक्राउ पर्नेमा नेविसंघ विश्वविद्यालय समितीका सचिव योगेन्द्र रावल, दिपक ओझा र रुपेश शाह छन् ।

आजा बिहान त्रिवि अगाडी प्रदर्शनका क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको नेविसंघ त्रिवि समितिका अध्यक्ष हरि आचार्यले बताएका छन् ।

गिरफ्तार गरिएकाहरुलाई तत्काल रिहाइ गर्न नेविसंघले माग गरेको छ । त्रिभुवन विश्वविद्यालयका विभागीय प्रमुख नियुक्त गर्दा मनोमानी गरेको र अनलाइन कक्षा प्रभावकारी बनाउन नसकेको लगायत असन्तुष्टि राखेर नेविसंले त्रिविमा आन्दोलन गरिरहेको छ ।