आज देशभरमा १३६५ जना कोरोना भाइरसका संक्रमिण थपिदा उपत्यकामा ६४७ जना पृष्टि

६ असोज, काठमाडौं । आज सोमबार नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा १३५६ जनामा संक्रमण देखिएको हो ।

नेपालमा कुल कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने १८ हजार १ सय ४२ रहेको छ । कोरोना भाइरस संक्रमणबा आजै ८२३ जना निको भएर डस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या ४८ हजार ०६१ रहेको छ ।
काठमाडौं उपत्यकामा ६४७ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।