सुनको भाउ आज १७ सय तल झर्दै तोलामा ९५ हजार पाँच सयमा कारोबार

६ असोज, काठमाडौं । लगातार उकालो लाग्दै गएको सुनको मूल्य आज मंगलबार तोलामा १७ सय रुपैयाँले घटेर तल झरेको
छ । हिजो सोमबार तोलामा ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको प्रतितोला मूल्य आज मंगलबार ९५ हजार पाँच सय रुपैयाँ कारोबारमा झरेको हो । मंगलबारका लागि छापावाल सुनको कारोबार मूल्य १७ सय कम भएमको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबारका लागि महासंघले तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९५ हजार तोकेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको व्यासायीहरुले बताएका छन् ।