संविधान दिवसः राजनीतिक दल र सभाषद

नेपालको सन्दर्भमा संविधान दिवस एक युगान्तकारी घटना हो । राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागी नेपाली जनताले इतिहासको बिभिन्न कालखण्डमा गरेका ऐतिहासिक जनआन्देलन, सशस्त्र संघर्ष, त्याग र गौरबपूर्ण वलिदानबाट पाप्त उपलब्धिहरूलाई जननिर्वाचित संविधान सभाले संस्थागत गर्दै २०७२ साल असौज ३ गते नेपालको संविधान निर्माण गरि जारी गरेको थियो ।

आफ्ना प्रतिनिधिद्वारा संविधानसभाबाट संविधान निर्माण गर्ने नेपाली जनताको बर्षौ देखिको चाहना साकार पार्ने कार्य सहज थिएन।संविधान निर्माण सम्बन्धी अधिकांश कार्य पुरा गरेको भए तापनि पहिलो संविधान सभाले संविधान जारी नगर्न नसकि अवसान हुन पुग्यो। संविधानसभाको विश्व इतिहासमा नयाकक कीर्तिमान कायम गर्दै नेपालमा दोश्रो संविधानसभाको निर्वाचन भै पहिलो संविधानसभाले गरेका कामको जगमा उभिएर दोश्रो संविधानसभाले अनेकौं प्रतिकूलताको सामना गर्दै नेपालको संविधान निर्माण गरि जारी गर्न सफल भएको हो ।

महाविनाशकारी भूकम्प कहरको बीच राजनीतिक दल र संविधानसभा सदस्यहरू एकताबध्द एबं संकल्पित भै नेपाली जनतालाई “उपहार” को रूपमा नेपालको संविधान निर्माण गरि जनचाहना साकार पार्ने ऐतिहासिक जिम्मेवारी सम्पन्न गर्न सफल भएका थिए।नेपालको संविधानको निर्माता नेपालका राजनीतिक दल र सार्वभौमसत्तासम्पन्न नेपाली जनताद्वारा निर्वाचित संविधान सभा सदस्यहरू हुन् भन्ने बिषय निर्विवाद छ ।

आज छैटौं संविधान दिवसको अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा खुला मंचबाट गरिएको संबोधनमा राजनीतिक दल र संविधानसभा सदस्यहरू लाईसंबोधन गरिएको छैन, किनभने सो कार्यक्रममा राजनीतिक दल र संविधानसभा सदस्यहरूलाई आमन्त्रण नगरिएकोले संबोधन नगर्नु स्वभाविकै हो । संविधान दिवस मनाई रहेको बेला कोही संविधानसभा सदस्य मुखमा मास्क लगाएर( कोरोना संक्रमणको डर भन्दा पनि संविधान दिवसको दिनमा किन सडक ( गल्लीमा भौतारिएको होला भनि जनताने भन्लान भन्ने डरले) सडक (गल्लीहरूमा भौतारिन वाध्य छन् भने कोही सभाषदहरू संविधान दिवस मनाई रहेको दृश्य संचार माध्यमद्वारा टुलुटुलु हेर्न विवश छन् ।

संविधान दिवस नेपालका लागी ऐतिहासिक महत्वको राष्ट्रिय पर्ब हो। यसलाई सबै मिलेर मनाउनु पर्नेमा संविधानका निर्माताहरूलाई नै वेवास्ता गर्नु कदापि सुखद मान्न सकिन्न। यसबारे आगामी दिनमा ध्यान दिने हो कि ? सबैलाई चेतना भया..