बाल बिवाह अन्त्य गर्नु हामी सबैको कर्तव्य

वास्तवमा बालबिबाह गर्ने राम्रो होइन । तर कतिपय केटाकेटीहरु एकअर्कालाई मन पराएपछि अभिभावकले आफ्नो प्रेम छुटाएर अर्कोसङ्ग बिबाह गराउने हुन की भन्ने डरले उनिहरु भागेर बिबाह गर्न बाध्य हुन्छन् । त्यसकारण बाल विवाहको दोषी अभिभावक पनि देखिएका छन् । प्रेम गरेर भाग्नु केटाकेटीको दोष हो, अभिभावकको होइन, छुट्याउउनु चाहि अभिभावकको बाध्यता पनि हो ।

प्रेममा फसेका केटाकेटीले उमेरलाई ख्याल गरेर भाग्नु पर्छ । त्यसमा अबका पीढीले यस्ता कार्यलाई मनन् गर्दै बाल विवाह रोक्नमा ठूलो हात रहन सक्छ । वास्तवमा बिबाह गर्दा उमेर पुगी आत्मनिर्भर भएपछी मात्र गर्न पर्छ । तर आज प्राय केटाकेटीहरु प्रेममा फसेर बाल विवामा होकिएका हुन्छन् । तर पनि बाल बिबाह रोक्न प्रेममा फसेका कयौं केटाकेटीलाई छुट्याउन अघि सरेका देखिन्छन् धेरै अभिभावकहरु । यदि केटाकेटी प्रेममा नछुट्ने नै भएको खण्डमा भागेका प्रेम जोडीलाई छुट्याउनु पनि महा पाप हो । तर हाम्रो समाजमा आजभोलि कोहीले भागिसकेपछि घरभित्र पस्न नदिने, सम्बन्ध नस्वीकार्ने अनि घरबाट नै निकाला गर्ने गरेका धेरै घटना
छन् ।

प्रेममा फसेका जोडीलाई बिबाह गरिदिनु राम्रो हो । यदि त्यसो गरिएन भने त्यसको परिणाम नराम्रो पनि निस्कन सक्छ त्यतातिर पनि ध्यान जान जरुरी छ । त्यसकारण समाज र परिवारलाई सुरक्षित र राख्नका लागि अभिभावकले आफ्ना छोराछोरिको दायित्वबाट नपन्छिएर सुरक्षित र समझदारीको खोजिमा जानु पर्दछ ।

आज बाबिबाह एक जिल्ला, ठाउँमा मात्र नभएर नेपाल भरी नै रहेको छ । प्राय मधेशी, मङोल जातिमा बढी बाल बिबाहका घटना रहेका छन् । उनीहरुका केटाकेटी सानै उमेरमा भागेर बिबाह गर्छन् । तर आजकल अलि कम र बुझक भएको पनि पाइन्छ । त्यस्ता जातिका अभिभावकले आफ्ना छोराछोरिको जिम्मेवारी नलिई दाइजोको लोभले पन्छिन खोज्छन् । त्यसकारण त्यतातिर बढी मात्रामा बाल बिवाह हुने गर्दछ । त्यसैकारण जो सुकै वर्ग, जातिको भए पनि बालबिबाह गर्दा केटाकेटीले नै उमेरको ख्याल गर्नुपर्दछ ।

निचोडमा भन्नुपर्दा बाल बिबाह केटाकेटी दुबैले उमेर पुगेपछी मात्र विवाह गरौं । आफु आत्मनिर्भर बनेर उमेरको ख्याल गरौ, अरुलाई आफ्नो गल्तिको भागी बनाउने काम नगरौ, समाज र परिवारको बदनाम पनि नगरौ, आत्म निर्भर बनौ, उमेर पुगेपछि बिबाह गर्ने बानी बसालौ । अभिभावकले पनि उमेर नपुग्दै माग्न जाने र माग्न आउने काम बन्द गर्नुपर्दछ । अनि सानै उमेरमा प्रेम वा जालसाजीमा फसेर कोही कसैले विवाह नगरौं । अभिभावकले पनि आफ्नो छोराछोरीको विशेष ख्याल गर्नु पर्दछ । जो कि भोलिका दिनमा बाल विवाह सदाका निम्ति अन्त्य गर्न सकिन्छ ।