मुलुकभर कोरोना भाइरसका १३२५ जना संक्रमिण थपिए

४ असोज, काठमाडौं । आज आइतबार मुलुकभरमा १३२५ जना कोरोना भाइरसका संक्रमिण थपिएका छन् ।

देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा ४६९ महिला र ८५६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको मन्त्रालयले जनाएको छ ।

उनीहरुमध्ये ४११ जनाको मृत्यु भएको छ भने ४६ हजार २३३ जना संक्रमणमुक्त भएका छन् ।

आजै ९६६ जनाले कोरोना जितर घर गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशभरमा कहाँ कति थपिए संक्रमित ?

काठमाडौं उपत्यकामा ७६७ जनासंक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जना छन् ।

यस्तै रुपन्देहीका ११३ जना, मोरङका ६३, रौतहटका ३६, बाँकेका ३२, कास्कीका ३०, सुर्खेतका २९, मकवानपुरका २४, धादिङका २१, बझाङका १९, सिराहा र लमजुङका १८–१८ जना, चितवनका १५, पर्साका १४, कपिलवस्तु, नवलपरासी, पाल्पा र कैलालीका १२–१२ जना, प्युठान ११ तथा सर्लाही र अछामका १०–१० जनामा संक्रमण पुष्टि भएको छ ।

सुनसरीका ७ जना, गुल्मी र बर्दियाका ६–६ जना, सप्तरीका ५ जना, दोलखाका ४ जना, झापा, सिन्धुपाल्चोक र दाङका ३–३ जना, पाँचथर, धनुषा, काभ्रे र गोरखाका २–२ जना तथा उदयपुर, तेह्रथुम, भोजपुर, बारा, नुवाकोट, सिन्धुली, तनहुँ, बाग्लुङ, स्याङ्जा, अर्घाखाँची, रोल्पा र कालीकोटका १–१ जनामा रहेको स्वास्स्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।