किर्डाक नेपालद्धारा ज्ञानोदय राम्नाकोटका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण

४ असोज, राम्नाकोट, कैफू ,कालीकोट । पचालझरना गाउँपालिका राम्नाकोट वडा नम्बर ४ कैफूमा रहेको श्री ज्ञानोदय मा.बि.मा कोरोना क्वारेन्टाइन राखिएको थियो सो बिद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शिक्षा सिकाइका सामाग्री लगायत झोला आज बिद्यालयको प्राङ्गमा वितरण गरिएको छ ।

पचालझरना गाउँपालिकामा प्रवक्ता तथा ४ वडाध्यक्ष अनरुप रोकायाले जानकारी दिएअनुसार किर्डाक नेपाल कालीकोटको सहयोगमा सो स्कुलमा अध्ययनरत बालशिक्षा देखी कक्षा ३ सम्मका बालबालिकाहरुलाई झोला, अध्ययन पुस्तिका, कापि, कलम, पेन्सिल लगायतका शिक्षा समाग्री वितरण गरिएको रोकायाले बताउनु भएको छ ।

प्रवक्ता रोकायाका अनुसार कोरोना क्वारेन्टाइन भएको श्री ज्ञानोदय माध्यमिब बिद्यालय, राम्नाकोटमा अध्ययनरत बालशिक्षा देखि कक्षा ३ सम्मका बालबालिकाहरुलाई किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डे र पालिका अध्यक्ष खड्गराज सेजुवालले संयूक्त रुपमा वितरण गरिएको बताउनु भयो ।

आज वितरण गरिएको सैक्षिक सामाग्रीहरुमा बालशिक्षाका ३४ जना बालबालिका, कक्षा १ का ३२ जना, कक्षा २ का २६ जना र कक्षा ३ का २४ जना बालकालिका गरी ११६ जना बालबालिकाहरुलाई करिब ३ लाख बराबरको शैक्षिक सामाग्री र झोला वितरण गरिएको जानकारी पालिका प्रवक्ता अनरुप रोकायाले कदर न्यूजलाई बताउनु भएको छ ।