काठमाडौं उपत्यकामा ७६७ जना कोरोना संक्रमित पुष्टि हुँदा ६ को मृत्यु

४ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा ७६७ जना कोरोना संक्रमित पुष्टि भएकाछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आजै काठमाडौं उपत्यकामा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंका ४०, ६० र ६३ वर्षीया महिला तथा ८२ वर्षका पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।