पानी भरेसँगै रङ्गिएको रानीपोखरी

४ असोज, काठमाडौं । करिब ५ वर्षको अन्तरावलपछि फेरि रानीपोखरीमा पानी देखिएको छ । काठमाडौंको उपत्यकाको बिच सेन्टर र एक पर्यटकीय केन्द्रको रुपमा लिइएको रानीपोखरी २०७२ सालको भूकम्पले क्षति पुर्याएपछि क्षतविक्षत भएको थियो ।

अहिलेको रानीपोखरीलाई खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरिदिएको होे ।
धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा रहेको रानीपोखरी अहिले सुन्दर र मनमोहक बनेको छ । ९ फिट गहिराईमा पानी भरिएको रानीपोखरीमा ३ करोड लिटर पानी भरिएको हो । रानीपोखरीको लम्बाई १८० मिटर रहेको छ भने चौडाई १४० मिटर रहेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरिरहेको सो रानीपोखरी निर्माणको काम प्रायजसो सम्पन्न भइसकेको छ । प्राधिकरणले जनाए अनुसार अब आउने २०७७ सालको भाइटीकाबाट सर्वसाधारण नागरिकका लागि रानीपोखरी तथा पोखरीको बीच मागमा रहेको बालगोपालेश्वर मन्दिर सञ्चालनमा ल्याइने समेत बताइएको छ ।