नारीको सुरक्षा राज्यको दायित्व होइन र ?

देश आज कतातिर दौडिरहेको छ ? के खोज्दै छ ? यो कसैलाई थाहा छैन ? आज यो देशको माटो रोइरहेको छ ? त्यो कसैलाई पत्तो छैन ? धर्तीमाता रोइरहेकी छिन् कसैलाई प्रवाह छैन ? जुन धर्तीमा संसारका हरेक प्रणालीको सृष्टि भयो, त्यही धर्तीमातालाई कसैले पनि सम्मान गर्न जान्दैनन्, त्यसैले धिक्कारी रहेकी छिन् ? जहाँ केही दुषित तत्वले स्थान पाउँदा सृष्टि नै दुषित हुन थालेको छ ।

जहाँ नारीको सम्मान हुँदैन, त्यहाँ संसारको कुनै पनि कल्पनासम्म गर्न सकिदैन । नारी यौटी धर्ती माता हुन् । जहाँ लाखौं लाख प्रणीले कुल्चिदा पनि सहेर बस्न बाध्य छिन् । नारी कोमल मनकी खानी हुन् ,ममताकी खानी हुन, नारी देवी हुन् । जसका हजारौं रुप हुन्छन्, नारी लक्ष्मी हुन्, दयाकी खानी हुन्, नारीले चाहिन भने त्यही घरलाई स्वर्ग बनाउँछिन् र चाहिनन् भने नर्क पनि बनाउँछिन् । नारी बीनाको सृष्टि सोच्न पनि
सकिदैन ।

यस्ता महत्वपूर्ण गुण थाहा हुँदा–हुँदै पनि त्यही नारीबाट जन्मिएका पुरुषले अपमान गरिरहेका छन् । तिनै आमारुपी नारी दिदीबहिनीको अस्मिताको धज्जि उडाउन, इज्यत लुट्न, स्वाभिमान गिराउनमा तछाडमछाड गरिरहेका छन् । आफ्नो घमण्ड, बल, पुरुषार्थ देखाउन र यौन तृष्णा–प्यास मेटाउन मै तल्लिन भएको पाइन्छ । यस मामिलामा सबै पुरुषलाई मुच्न मिल्दैन पनि । तर करिब–करिब ४० प्रतिशत पुरुष यौनका प्यासी र भोगी भएको पाइन्छ । उनीहरुमा मानवता हराउँदै दानवताले बास गरेको पाइन्छ ।

नेपालमा आज दिनप्रतिदिन हजारौं चेली बलात्कारको शिकार बन्दै गइरहेका छन्, यौन हिंसामा पर्दै गएका छन् । समाजमा आज बिकृति, विसंगति, कुसंस्कार र अपराधले जरो गाड्दै गइरहेको पाइन्छ । आज कसैकी छोरी, श्रीमती, बुहारी, दिदीबहिनी सुरक्षित छैनन् र म आफै स्वयमं पनि असुरक्षित भएको महसुस गरिहरकी छु । कतिवेला कहाँ कसले नारीको अस्मिता लुटिदिन्छ थाहा नै हुन्न । अनि जीवनभर नरकमय जीवन बिताउनु पर्ने हो वा जीवन नै मृत्युमा परिणनत गर्नु पर्ने हो त्यो कुनै पनि चेलीलाई थाहा हुँदैन । हाम्रो जस्तो बुद्ध भूमि शान्तिको प्रतिक मानिएको देशमा किन यस्ता कुकर्म र अपराध हिंसा बढ्दै गइरहेको छ ? किन दिनदाहडै खुलेआम बलात्कारका घटना घट्छन् ? बलात्कारपछि हत्या समेत गरिन्छ र किन बलात्कारका अपराधीलाई लुकाईन्छ । यस्ता घटनामा अधिकांश ठूलाबडा र उच्च तहका वर्गबाट नै हुने गरेका छन् । त्यसमा सरकारी निकायका व्यक्तिहरुबाट नै सो घटनाका अपराधीलाई संरक्षण दिइरहेको पाइन्छ ।

यसरी दिनप्रतिदिन बलात्कार र अपराधका घटना बढ्नु र मौलाउदै जानुको पछाडी खास कारण के हो त ? त्यसलाई केलाएर सुक्ष्म अध्ययनगरी समाधानको बाटो पहिल्याउनु परिवार, समाज राष्ट्रको दायित्व र जिम्मेवारीको आवश्यकता छ ।

जसमा यसका कारण यस प्रकार छन् :

१. यौन तथा नैतिक शिक्षाको अभाव ।
२.अनुशासन र इमान्दारीताको कमी ।
३. सामाजिक सदभाव र एकताको कमी ।
४. कू बिचारको पैदा र एक्लो पना ।
५. व्यरोजगार, गरिबी, अशान्ति, छटपटी, बैराग्यता, चंञ्चलता, अहंमता, घमन्ड, मानसिक बिचलन, मदिरा पान, ड्रक्सको लत, पारिवारीक माया ममता र स्नेहाको कमी, असल संस्कार र नैतिकताको अभाव, मनोविकृत भावना आदि ।

त्यस्तै मनलाई उत्तेजित (EMOTINAL) बनाउने खालका खानपान, महिलाले लगाउने बस्त्र, आधुनिक फेसनका कारण पनि पुरुषलाई उत्तेजित पारी आकार्षण गर्ने हुनाले विपरित लिङ्गप्रतिको प्राकृतिक आकर्षण हो । त्यसले नै असर पारेको हुन्छ । त्यस्तै रेडियो र टेलिभिजनमा प्रशारण हुने कतिपय उत्तेजित खालका कार्यक्रमले पनि थप असर गरेको हुन्छ ।

त्यसैले सबैभन्दा पहिला त हरेक व्यक्तिलाई यौन शिक्षाको माध्यमबाट मनमा उत्पन्न हुने यौन प्यास, तृष्णा, उत्तेजना वा कामवासना मनोविकृत भावनालाई कम गर्ने वा निश्चित आकारमा ल्याउने बारे ज्ञान दिनु जरुरी छ । कसैले भन्दैमा सजिलै समाधान हुने पनि होइन । यहाँ शिक्षाका साथसाथै स्वयम व्यक्तिले पनि आफूमा भएको कामवासना अर्थात यौन प्यासलाई कम गर्न आफूलाई सधै व्यस्त र मनलाई एकाग्र पार्न ध्यान (meditation), पत्रपत्रिका पढ्ने, ज्ञानबद्धक कथा, कविता पढ्ने, T.V, समाचार हेर्ने र अध्याधिक कामवासना वा यौन चाहना हुनेले योग मार्फत् सिद्धासन र श्रृशासन जस्ता योग सर्च गरी अभ्यास गर्दा आवश्यक आकारमा आउन मद्दत गर्दछ ।

यतिले मात्र पुग्दैन । आजको एक्कासौं शताब्दीको तिब्र र दुर्त गतिमा प्रगतितितर्फ अघि बढेको गतिशील र परिवर्तनशील समयमा प्रत्येक बाबुआमाले आफ्नो सन्तानलाई शिक्षा मात्र दिएर पुग्दैन उनीहरुलाई असल संस्कार, अनुशासन, सभ्यता, मूल्यमान्यता, संस्कृति, नैतिकता र आचरण जस्ता ज्ञानले भरिपूर्ण बनाउनु टट्कारो आवश्यकता छ ।

त्यस्तै समाजमा पनि एक अर्काप्रति आदर, सद्भाव, भाइचाराको आत्मियताको सम्बन्ध हुनु जरुरी छ । एक अर्काप्रति सानो–सानो कुरामा नराम्रो कूबिचार, रिस, डाहा त्यागी सबैमा नारीचेलीप्रति, आमा, दिदीबहिनीप्रति कसैले पनि नराम्रा कु दृष्टि भावनाले कामवासनाको भावनाले नहेरी आदर सम्मान, सद्भावको दृष्टिकोण राख्नु जरुरी छ ।

नेपालजस्तो महिला नै राष्ट्रप्रमुख भएको देशमा दिनानुदिन महिलामाथि दमन, हत्या, हिंसा, शोषण, अत्याचार, बलात्कार जस्ता अपराधी घटना बढेर जानु निकै जालमर्दो कुरा हो । त्यसैले राज्यस्तरबाट निवास्र्थ, निष्पक्ष तरिकाले न्याय दिलाउनको लागि कानूनी राज्यको तर्फबाट पनि कदम चाल्नु पर्ने दायित्व हुन्छ । जबसम्म राज्यस्तरबाट महिलमाथि हुने अन्याय, अत्याचार, हत्याहिंसा, बलात्कार, बेभिचार रोक्नका लागि आवश्यक कदम चालिदैन, व्यवस्था गरिन्छ भने यस्ता घटना बढ्दै जान्छन् । साथै ज्यान मार्ने र बलात्कारीलाई फाँसीको सजाय दिने कानून बनाएर कार्यन्वयन गरिदैन तबसम्म देशमा कुनै नारी सुरक्षित हुँदैनन् र यस्ता जघन्य अपराधी घटना झनझन बढ्दै जाने भएकाले सो घटनालाई न्यूनीकरण गर्न परिवार, समाज र राष्ट्रले आवश्यक कदम चाल्नु पर्दछ । यस्तो संवेदनशील परिस्थितिमा पनि राज्य किन मौन बसिरहेको छ ? कमीकमजोरी कहाँ छन् छानबिन गर्नु जरुरी छ । निर्मला पन्तजस्ता बलात्कार पछि हत्याको शिकार बनेका हजारौं अबला नारीले न्याय नपाएर तड्पिनु नपरोस् । सरकारी ओहोदामा बसेकाहरुबाट नै न्याय पैसामा नबिकोस् , सरकारको बेलैमा ध्यान केद्रित रहोस्, देशमा शान्ति छाओस् ।

लेखक :  त्रिभुवन विश्वबिद्यालयबाट स्वास्थ्य शिक्षा बिषयमा स्नातकोत्तर उपाधि हासिल हुनुहुन्छ ।