Breaking News

काठमाडौं उपत्यकामा ८५९ जना कोरोना संक्रमित पुष्टि

२ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा आज शुक्रबार ८५९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर भने २०२० जना संक्रमित थपिएका छन् ।

आजै काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । काठमाडौंमा ८३ वर्षीया महिला र ८८ वर्षका पुरुष, भक्तपुरमा ८२ वर्षीय पुरुष र ललितपुरमा ६६ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस ब्रिफिङमा जानकारी गराएको हो ।