आज देशभरमा २०२० जना कोरोना संक्रमिण थपिए

२ असोज, काठमाडौं । आज शुक्रबार कोरोना संक्रमितको संख्या २०२० थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४ सय ५८ वटा पीसीआर परीक्षणमा २०२० संक्रमित भेटिएका हुन् ।

हालसम्म कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।

शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना रहेका छन् र होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन् ।

आजै ८७१ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ ।

संक्रमितमध्ये १७३ जना आईसीयूमा र ३६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा मोरङ, सिराहा, सुनसरी, ललितपुर, मकवानपुर, चितवन, काठमाडौं, भक्तपुर र रुपन्देही रहेका छन् । त्यस्तै शून्य संक्रमित रहेको जिल्लामा सोलुखुम्बु, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला र मुगु रहेका छन् ।

कुन जिल्लामा कति संक्रमित ?

आज काठमाडौंमा ६९८, चितवनमा १९१, मोरङमा ११८, सुर्खेतमा ११७, कास्की र रुपन्देहीमा ८६–८६, भक्तपुरमा ८२, ललितपुरमा ७९, बारामा ७८, सुनसरीमा ५८, सप्तरीमा ४५, नवलपरासीमा ४१ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै नवलपरासी पूर्वमा ३९, मकवानपुरमा ३०, रुकुम पश्चिममा २३, सिराहामा १९, बर्दियामा १८, पर्सा र कैलालीमा १७–१७, अछाममा १६, धादिङमा १४ र गोरखामा १२ जना संक्रमित फेला परेका छन् ।

धनुषा, अर्घाखाँची र रोल्पामा ९–९ जना, कञ्चनपुरमा ७ जना, झापा, रौतहट, काभ्रे, नुवाकोट, रामेछाप, लमजुङ, कपिलवस्तु र गुल्मीमा ६–६, तनहुँमा ५, सिन्धुपाल्चोक, पाल्पा र बाजुरामा ३–३ जना संक्रमित भेटिएका छन् ।

उदयपुर, भोजपुर, सर्लाही, बाँके र बैतडीमा २–२ जना र ओखलढुंगा, दोलखा, प्युठान, दैलेख, बझाङ र डोटीमा १–१ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।