संविधान दिवसको अवसरमा २८९ जनाको कैद मिनाह

२ असोज, काठमाडौं । भोलि असोज ३ गते नेपालमा गणतान्त्रिक संविधान घोषणा गरेका दिन । संविधान दिवसको अवसरमा विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका २८९ जना कैदी बन्दीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद मिनाहा तथा माफी पाएका छन् ।

मन्त्रिपरिषद्को सिफारितमा भोलि शनिबारदेखि लागू हुने गरी २८९ जनाले संविधान दिवसको अवसरमा माफी पाएका हुन् ।

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ र फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ को व्यवस्था अनुसार कैदी बन्दीको कैद मिनाह गर्न सक्ने व्यवस्था छ । त्यसका लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिका लागि सिफारिस गर्ने कानुनी प्रवाधान रहेको छ ।