आउदीमा ६० नेपालीको शव अलपत्र

एजेन्सी

२८ भदौ, काठमाडौं । साउदीस्थित नेपाली राजदूतावासले साउदी अरबमा कोरोनालगायत अन्य विभिन्न कारणले निधन भएका ६० नेपालीको शव नेपाल ल्याउन बाँकी रहेको जनाएको छ ।

साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्रसिहं राजपुतले ती शव नेपाल पठाउने प्रक्रियामा रहेका बताएका छन्।

हालसम्म विदेशमा विभिन्न कारणले निधन भएका ३ सय नेपालीहरूको शव नेपाल ल्याइसकिएको छ ।
६१ हजार ७१० को उद्धार

कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धारकार्य जारी छ ।

हालसम्म गैरआवासीय नेपाली सङ्घ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरूको संयुक्त पहलमा हालसम्म ३० देशबाट ६१ हजार ७१० नेपालीको उद्धार गरिएको छ ।

(रासस)