देशभरमा १०३९ जना कोरोना भाइरसका संक्रमिण थपिदा काठमाडौं उपत्यकामा मात्र ५९७ जना पुष्टि

२८ भदौ, काठमाडौं । देशभरमा १०३९ जना कोरोना भाइरसका संक्रमिण पुष्टि भएका छन ।

देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा ३६५ महिला र ६७४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको मन्त्रालयले जनाएको छ ।

उनीहरुमध्ये ३४५ जनाको मृत्यु भएको छ भने ३८ हजार ६९७ जना संक्रमण मुक्त भएका छन् । आजै ११७३ जना डिस्चार्ज भएका छन् ।

देशभरमा १५ हजार ११७ संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

काठमाडौं उपत्यकामा मात्र ५९७ जनामा संक्रमि थपिएका छन्, जसमध्ये काठमाडौंका ४८३ जना, भक्तपुरका ८१ जना र ललितपुरका ३३ जना छन् । यससँगै ललितपुर र भक्तपुरमा पनि संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।

यस्तै मोरङका ७१ जना, बर्दियाका ६१, धादिङका ३४, रुपन्देहीका ३१, चितवन र लमजुङका २७र२७ जना, सर्लाही २२, नवलपुरका २०, बाँकेका १७, धनुषा र कञ्चनपुर १४र१४ जना तथा नुवाकोटका ९ जनामा संक्रमण पुष्टि भएको छ ।

नवलपरासीका ८ जना, कास्की, गोरखा, तनहुँ, सुर्खेत र कैलालीका ७र७ जना, स्याङ्जाका ५ जना, पर्सा, बारा र कपिलवस्तुका ४र४ जना, सुनसरी, महोत्तरी, सिराहा र डडेलधुराका ३र३ जना, खोटाङ, सप्तरी, रामेछाप, गुल्मी, प्युठान, जुम्ला र अछामका २र२ जना तथा उदयपुर, झापा, रौतहट, काभ्रे, सिन्धुपाल्चोक, दाङ, पाल्पा, दैलेख र रुकुम पश्चिमका १र१ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।