पिएसजी लेन्सबाट १–० गोल अन्तरले पराजित

एजेन्सी

२६ भाद्र, काठमाडौं । फ्रेञ्च लिग वानको साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) सिजनको पहिलो खेलमै पराजित भएको छ ।

पिएसजीलाई नवप्रवेशी टिम लेन्सले पराजित गरेको हो । खेलमा लेन्सले पिएसजीमाथि १–० गोलको जित हासिल गरेको थियो ।

लेन्सको जितमा गनागोले ५७ मिनेटमा गरेको गोल निर्णायक बन्न पुग्यो ।

फरवार्ड केलियन एमबाप्पेसहित सात जना खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएपछि खेल नै अन्योलमा परेको थियो । खेलमा एमबाप्पेसहित ब्राजिलयन फरवार्ड नेइमार, एन्जेल डि मारिया, माउरो इकार्डी, मार्क्युन्होस लगायतका खेलाडी अनुपस्थित थिए ।

कोरोना भाइरसको डर भए पनि खेलमा ५ हजार दर्शकलाई प्रवेस दिइएको थियो ।

अब पिएसजीले लिगको दोस्रो खेलमा मार्सेलीसँग आइतबार खेल्नेछ । खेलका लागि उसले लेन्सविरुद्ध नखेलेका खेलाडीको पुन परीक्षण गर्नेछ ।