ताजा खबर

लक्ष्य जिन्दगीको छायाँकन आजबाट सुरु

२६ भाद्र, काठमाडौं । फिल्म ‘लक्ष्य जिन्दगीको’ छायाँकन सुरु भएको छ । आज शुक्रबार गोङ्गबुस्थित एक घरबाट फिल्मको सुटिङ सुरु गरिएको हो । सामाजिक दुरी कायम गर्दै थोरै मानिसको उपस्थितीमा स्वस्थ्य सुरक्षाका साथ फिल्मको इन्डोर छायाँकन सुरु गरिएको फिल्मकी अभिनेत्री कविता रोयले जानकारी दिइन् । ‘अहिले इन्डोर छायाँकन हुन्छ । खुले पछि आउडोर,’ रोयले भनिन् ।

सुनिल राजभण्डारीको निर्माण रहेको फिल्म केही पहिले मैतिदेवी मन्दिर व्यक्तिगत दुरी कायम गर्दै शुभमूहर्त भएको थियो ।

संयम फिल्मस् प्रोडक्सन हाउस प्रा.लि.को प्रस्तुति रहेको फिल्ममा सपना श्रेष्ठ, सरिता राजोपाध्याय, जएन घिमिरे, पुस्कर राउत, प्रदीप गिरी, दीपिका थापा, बादल घिमिरे, कविता रोय, प्रनिमा दाहाल, विमल पासवान, सुस्मिता मुढभरी, अशोक भुजेललगायतका कलाकारको अभिनय रहने छ ।

रामेश राईको निर्देशन रहने फिल्मको सावित्री राजभण्डारी र संयम राजभण्डारी कार्यकारी निर्माता हुन् ।

हुन त सरकारले फिल्म छायाँकन तथा प्रदर्शनका लागि अझै अनुमती दिएको छैन ।