भारतमा दैनिक एक लाखको हाराहारीमा कोरोना संक्रमिण थपिदै

२५ भदौ, काठमाडौं । पछिल्लो चरणमा भारतमा कोरोना भाइरसका संक्रमिण दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ । दिनहौं एक लाखको हाराहारीमा संक्रमिण हुन थालेको छ । हिजो बुधबार मात्रै भारतमा कोरोना भाइरस संक्रमित संख्याले नयाँ बिन्दु कायम भएको छ ।

एकैदिन ९७ हजार बढी नयाँ संक्रमित थपिएपछि संक्रमित संख्यामा नयाँ रेकर्ड कायम भएको हो ।

टाइम्स अफ इण्डियाले बुधबार भारतमा एकैदिन ९७ हजार ३ सय ९९ जना नयाँ संक्रमित फेला परेको जनाएको छ ।

यो संख्या महामारी सुरू भएयता एकैदिन भेटिएको उच्च संख्या हो ।

भारतमा कुल संक्रमित संख्या ४४ लाख नाघेको छ भने पछिल्लो हिजो मात्रै ११ सय ५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाका कारण ७५ हजार ६२ जनाको मृत्यु पुगेको छ ।

संक्रमणबाट सबैभन्दा धेरै नागरिक गुमाउने मुलुकमा भारत विश्वमा तेश्रो नम्बरमा पर्छ। पहिलो नम्बरमा अमेरिका छ भने दोश्रोमा ब्राजिल छ।

यस्तै विश्वमा कोरोनाका कारण हालसम्म ९ लाख बढी मानिसको मृत्यु भइसकेको छ।