काठमाण्डौ उपत्यकामा ४६४ जना कोरोाना संक्रमिण थपिए

२४ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा आज थप ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकामा थप ४ सय ६४ जनामा संक्रमण भएको बताइएको छ ।

त्यसमध्ये काठमाडौंका ३ सय ९४ जना, भक्तपुरका ३६ जना र ललितपुरका ३४ जना छन् ।

उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो। पछिल्लो २४ घण्टामा नेपालभरि भने १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।