आज देशभरमा ९७९ जना कोरोना संक्रमिण हुँदा काठमाण्डौ उपत्यकामा ३२६ जना संक्रमिण भएको पुष्टि

२२ भाद्र, काठमाडौं । आज देशभरमा ९७९ जनामा कोरोना भाइरस का संक्रमिण थपिएका छन् । देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गर्दा ३३८ महिला र ६४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

इो सँगै नेपालमा संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । उनीहरुमध्ये ३०० जनाको मृृत्यु भएको छ भने ३० हजार ६७७ जना कोरोना मुक्त भएका छन् ।

आजै १७३६ जनाले कोरोना जितेर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज कहाँ कति थपिए संक्रमित ?

काठमाडौं उपत्यकामा ३२६ जनामा संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंमा २९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा छन् ।

यस्तै मकवानपुरका ७३ जना, सुनसरीका ६५, धनुषाका ४४, बाँकेका ४२, सिराहा, बर्दिया र रुपन्देहीका ४१–४१ जना, मोरङका ३९, कास्कीका ३०, काभ्रेका २८, सर्लाहीका २०, सप्तरी, चितवन र सुर्खेतका १९–१९ जना, गोरखाका १८, झापा र नवलपुरका १६–१६ जना र लमजुङका १५ जनामा संक्रमण पुष्टि भएको छ ।

गुल्मीका ८ जना, कञ्चनपुरका ७ जना, पाँचथर र तनहुँका ६–६ जना, पाल्पाका ५ जना, महोत्तरी, दोलखा, सिन्धुपाल्चोक, दैलेख र कैलालीका ३–३ जना, कपिलवस्तु, नवलपरासी र कालीकोटका २–२ जना तथा उदयपुर, भोजपुर, सोलुखुम्बु, सिन्धुली, पर्वत, प्युठान, जाजरकोट, जुम्ला, बझाङ र बाजुराका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।