बिभिन्न युट्युब च्यानलहरुमा कोरोनाबाट मरेका व्यक्तिको अंग निकाल्ने अभिव्यक्ति दिएका व्यक्ति पक्राउ

२२ भदौ, काठमाडौं । २२ भदौ, काठमाडौं । विभिन्न युट्युब च्यानलका अन्तरवार्तामा कोरोना संक्रमणबाट मृत्युको व्यक्तिको अंग निकालिने गरेको अभिव्यक्ति दिने आफूलाई प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बु व्यक्ति पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले अफवाह फैलाएको अभियोगमा लिम्बुलाई ललितपुरको ढोलाहिटीमा रहेको आयुर्वेद क्लिनिकबाट उनलाई पक्राउ गरिएको महाशाखाका एसएसपी दीपककुमार थापाले बताएका छन् ।

लिब्बुले बिभिन्न युट्युब च्यानल मार्फत् अफवाह फैलाएको कसूरमा म्याद थप गरेर अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ ।

पछिल्लो समय विभिन्न माध्यममा अन्तरवार्ता दिँदै उनले कोरोनाबाट मृत्यु हुनेको शव नदेखाइनु र पोष्टमार्टम नहुनु पछाडिको कारण गोप्य रुपमा अंग झिक्न हो भनेर दाबी गर्दै आएका थिए ।