स्वास्थ्य मन्त्री ढकाल होम क्वारेन्टाइनमा

२१ भाद्र, काठमाण्डौ । उपत्यकामा कोरोना भाइरसका संक्रमण बढ्ने क्रममा स्वास्थ्य क्षेत्रको नेतृत्व गर्नु भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ ।

तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल हाल निवासमै क्वारेन्टिनमा बसेका छन् ।

मन्त्री ढकालले भनेका छन्, मलाई संक्रमण भएको होइन, परिवारको सदस्यलाई संक्रमण भएपछि म क्वारेन्टिनमा बसेको हुँ । क्वारेन्टिनबाट नै मन्त्रालयको काम हेरिरहेको उनले बताएका छन् ।