नेपालमा आमूल परिवर्तन गर्न सम्पुर्ण युवा पिडिले बाटो बदल्न जरुरी छ

आज संसारभर मानब जातिलाई नै संकटमा पर्ने गरी मानव अस्तित्व नै खतरामा परेको माहामारीबाट स्वाभाविक रुपमा हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन । यस्तो महामारीको विचामा पनि नेपालको सरकार भने भ्रष्टाचारमा लिप्त छ अर्कोतिर अधुरो क्रान्तिलाई पुरा गर्ने उद्देश्य बोकी लागि परिरहेको विद्रोही नेकपाको खोजीमा जुटेको छ । सरकारको सुरक्षा निकाय भने फलानो विप्लब रे, तिलानो विप्लव रे, अनि ढिस्कानो विप्लब रे, भनि तिब्र खोजीकार्यमा व्यस्त छ । अनि राज्यले पनि विचार राखेकै आधारमा अनेक दुःख दिने गरेको छ । के विचार राख्नु, कुनै सैद्धान्तिक नीतिको पछि लाग्नु कसैको गल्ती हो ?

लोकतन्त्रमा कुनै राजनीतिक विचारसँग नजिक हुनु हुँदैन ? नेपालको संविधान ०७२ को धारा १७ मा स्वतन्त्रताको हक उल्लेख छ, जस्मा प्रत्येक नागरिकको बिचार र अभिब्यक्तिको स्वतन्त्रता माथी हनन् गर्न पाइने छैन यदि सो हक माथी हनन भयमा धारा ४६ मा संबैधानिक उपचारको हक बाट उपचार प्राप्त गर्न सकिनेछ । आफै सत्तामा बसेर सर्बहाराको नाममा अरबौको भ्रष्टाचार गर्ने, आफ्नालाई मात्र पृष्ठपोषण गर्ने, नेपाली जनताको कर र बिदेशिएका युवाहरुको रेमिटान्समा डुबुल्की मार्ने यो सत्ता धारी कमाउनिष्टहरुको यो खेलको अन्त्य अब नेपाली जनताले पक्कै गर्ने छन् ।

गोकुल बास्कोटालाई ७० करोड अडियो टेप प्रकरण मा उटै नेपालको कानुन ले संरक्षण गरेको छ हुँदा हुँदा हाल सालै प्रदेश न २ लालबन्दीमा झलनाथ खनाल प्रतिस्ठानलाई सर्प पालनमा ७२ करोड बजेट बिनियोजन भएको छ । कति लाजमर्दो कुरा हो । लामो समयदेखि नेपालका बैज्ञानिक माहाबीर पुनलाई १ करोड दिन पनि नमान्ने सरकार नेतालाई ७२ करोड दिन कसरी सफल भयो भन्ने जनताको प्रश्न्न हो ? त्यसैले प्रष्ट नै देखिएको माफीया र बिचौलियाले चलाएको देश सायद नेपाल नै होला ।

 

हाल : कतार