निषेधाज्ञाभित्रको रथ यात्रा र कोरोनालाई गिज्याई रहेको भिडन्त

१८ भाद्र, काठमाण्डौ । मुलुकमा कोभिड–१९ को भाइरसका कारण देश मानविय रोगका संकटमा रहेको बेला सरकारले कही लकडाउन र कही निषेधाज्ञा लगाइरहेको बेला आज बिहीबार देशको राजधानी काठमाण्डौं उपत्यकाको एक जिल्ला ललितपुर जिल्लाको लतितपुर महानगरपालिका स्थित पुल्चोक क्षेत्रमा इन्द्रजाताको रथ तान्ने रथ यात्रु र प्रहीबीच भडन्त भएको छ ।

देश नै महाकारीको जटिल र कोरोना संक्रमणको बढ्दो परिस्थितमा त्यसको परबाह नै गरी त्यहाँका स्थानीयबासी सडकमा उर्लिए थिए । जारी निशेधाज्ञा तोडेर सयौं संख्यामा पुल्चोकमा भेला भएको भीडलाई प्रहरीले बल प्रयोग गरेको थियो ।

कोरोना महामारीको जोखिमबीच स्थानीय र गुठियारहरूको भीडले रातो मच्छिन्द्रनाथको रथ तानेर बीच सडकमा ल्याएसँगै दुई पक्षीय झडप सुरु भएको थियो । सो क्रममा प्रहरीले पानीको फोहोराका साथै अश्र्रुग्यास र लाठीचार्ज गरेको छ । यस्तै स्थानीयले पनि ढुंगामुढा, हातमा जे आयो त्यहीले प्रहार गरेका थिए ।

स्थानीयको ढुंगामुढाको प्रहारबाट इन्सपेक्टर रमेश कुमार श्रेष्ठसहित ७ प्रहरी घाइते भएका छन् । उपस्थित ट्राफिक प्रहरीको एउटा मोटरसाइकल समेत तोडफोड गरेको छ भने स्थानीय पनि केही घाइते भएका छन् ।

प्रहरीले पानीको फोहोरा हान्दा समेत वेवास्ता गरेपछि लाठीचार्ज गर्नुपरेको ललितपुर प्रहरीले जनाएको छ ।

कोभिड १९ का कारण सरकारले भेला भएर विभिन्न चाडपर्व मनाउन निषेध गरेको छ । तर सरकारको निर्णयविपरित निषेधाज्ञा तोडेर रथ तान्न थालेपछि झडप भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिएका छन् ।

स्थानीयबासीको बाक्लो भिड र सुरक्षाकर्मीको ठूलो उपस्थितिले कतै ठूलै घटना घट्छ की भन्ने आँकलन गरे पनि झन्ड त्यसो भने भएन । स्थानीयबासीको आक्रोस र आक्रमणलाई सुरक्षाकर्मीले संम्यम अपनाए कै हो । तर स्थानीयबासीको आक्रोस भने रोकिएको थिएन । प्रहरीको पानीको फोहोरा र अश्श्रु ग्यासको समेत प्रवाह नगरी प्रहरीमाथि जाइलागेका थिए ।

तर पनि ठूलो मानवीय घटना नभए पनि यो भिडले पक्कै पनि कोरोनालाई गिज्याई रहेको थियो । किनकी सरकारले कोरोना संक्रमणको न्यूनीकरणको लागि भनेर उपत्यकामा भिडभाड, जमघट नहोस भनेर निषेधाज्ञा लगाएको बेला यतिका मान्छे उपस्थित भएर भिडन्तकै अवस्था आउँदा सरकारको यो निषेधाज्ञालाई चुनौतीको दिएको पनि छ । तर पनि ललितपुर जिप्रकाले त्यसको सम्भावित घट्न सक्ने घटनालाई मध्यनजर गर्दैै भोलि बिहान ४ बजेदेखि राती १० बजेसम्म ललितपुर महानगर क्षेत्रमा कर्फ्यू लगाएको को छ ।