आज देशभरमा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु

१६ भाद्र, काठमाडौं । कोरोनाभाइरसबाट संक्रमण बढ्दै जाँदा मर्नेहरुको पनि संख्या बढ्ने क्रममा आज देशभरमा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एक ४ वर्षीया बालिकासहित ११ जनाको मृत्यु भएको बताएका छन् ।

आज देशभरमा कोरोनाबाट मर्नेहरुमा महोत्तरीमा ४ वर्षीया बालिकासहित २ जनाको मृत्यु भएको छ । यस्तै पर्साका ३ जना र काठमाडौंका २ जनाको पनि मृत्यु भएको छ । यसैगरी सिरहा, बारा, चितवन र मकवानपुरका १–१ जनाको समेत मृत्यु भएको गौतमले बताए ।